नगर प्रमुख दिपेन्द्र महतोसहित तीन कर्मचारीविरुद्ध मुद्दा दायर
annapurnapost.com · Tue Jul 07 04:35:14 GMT 2026

जनकपुरधाम : गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महताविरुद्ध मुद्दा दर्ता भएको छ । निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको कुटपिट तथा दुर्व्यवहारमा प्रत्यक्ष संग्लन रहेको आरोपमा गौशाला नगरपालिकाका मेयर डा. महतोलाई अपराधिक उपद्रव तथा हुलदङ्गा शीर्षकमा मुदा दर्ता गरिएको हो ।
गत बिहीबार निगौल गाई गौशालाको जग्गामा नगरपालिकाले जवरजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख पाण्डेलाई नगर प्रमुखको निर्देशनमा मेयरकै सामुन्ने नगर प्रहरीले कुटपिट गर्दै दुर्व्यवहार गरेपछि उनीमाथि मुदा दर्ता गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा गौशाला नगरपालिका–११ का दिनेश्वर महतो र गौशाला नगरपालिका–४ का ईन्दल राउतलाई समेत अपराधिक उपद्रव तथा हुलदङ्गा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)