फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
nagariknews.nagariknetwork.com · Tue Jul 07 04:35:40 GMT 2026

माङसेबुङ गाउँपालिका २ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे।
कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापरखेतीले उहाँलाई निकै प्रभावित बनायो। पहिलो वर्षको सफलतापछि उनले अब फापरको व्यावसायिक खेतीलाई थप विस्तार गर्ने योजना बताएका छन् । ‘मैले गत वर्ष पहिलो पटक ३० रोपनी क्षेत्रफलमा फापरको खेती लगाएको थिएँ। उत्पादन पनि अपेक्षाकृत नै भयो’, उनले भने , ‘करिब ५० केजी बीउ प्रयोग गर्दा छ क्विन्टल फापर उत्पादन भयो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)