आगजनी भएको प्रहरीको ७ वटा भवन र ब्यारेक अझै तयार भएन
ratopati.com · Mon Sep 07 18:19:00 GMT 2026

काठमाडौँ । एक वर्ष अघि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको निसानामा परेर काठमाडौँ उपत्यकासहित १५ जिल्लाका प्रहरीका ब्यारेक र कार्यालय भवनमा आगजनी भएको थियो ।
गत वर्ष भदौ २३ मा जेनजी उमेर समूहका युवाले गरेको आन्दोलनमा तत्कालीन सरकारले प्रहरीमार्फत अत्यधिक बल प्रयोग गर्दा ठुलो सङ्ख्यामा युवाले ज्यान गुमाए । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि निर्मम दमन गर्दै गोली चलाइएपछि भदौ २४ गते आन्दोलन उग्र बन्यो । सोही क्रममा आगजनीका कारण प्रहरीका ४५९ वटा कार्यालय भवन र ब्यारेकमा क्षति पुगेको थियो । तीमध्ये १४३ वटा पूर्ण क्षति र ३१६ भवनमा आंशिक क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)