एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
nepalnews.com · Tue Jul 07 04:58:28 GMT 2026

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार एसईई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो। यसअघि सम्पन्न एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन–ग्रेडिङ (एनजी) मा परेका थिए। ती परीक्षार्थीलाई लक्षित गरी पूरक परीक्षा सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)