‘राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन’ : रोनाल्डो
kalakarmi.com · Tue Jul 07 04:58:31 GMT 2026
काठमाडौं- पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तिम फिफा विश्वकप ट्रफीबिनै समाप्त भएकोमा दुःख व्यक्त गरेका छन् । यद्यपि उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने हतारमा कुनै निर्णय नगर्ने बताएका छन् ।
राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए । ‘यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःख लागेको छ । मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ । अन्तस्करण सफा छ, यो मेरो अन्तिम विश्वकप थियो । अब केही समय परिवारसँग बिताएर शान्त रूपमा भविष्यबारे सोच्नेछु । भावनामा बगेर कुनै निर्णय गर्नेछैन,‘ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)