बहसपत्र कार्यदलले संविधान पुनर्लेखन गर्न खोजेको भन्दै नेकपासहित तीन दलको विरोध
nepalpress.com · Tue Jul 07 05:01:07 GMT 2026

काठमाडौँ । तीन राजनीतिक दलहरूले सरकारद्वारा गठित ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल’को कार्यशैली र क्षेत्राधिकारमाथि गम्भीर प्रश्न उठाउँदै हालको प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिहरूले कार्यदलको औचित्य र वैधतामाथि प्रश्न उठाएका हुन् । उनीहरुले कार्यदलका संयोजकका नाममा लेखिएको पत्रमा संविधानको मूल मर्म र भावनाविपरीतका कार्यहरू भइरहेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)