प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गण्डकीको चार करोड सयोग
onlinekhabar.com · Fri Aug 28 08:57:57 GMT 2026

१२ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)