सामसुङको नाफामा ऐतिहासिक छलाङ
nepalnews.com · Tue Jul 07 05:06:34 GMT 2026

काठमाडौँ। कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ।
कम्पनीले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)