राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाफ दिने
nagariknews.nagariknetwork.com · Tue Jul 07 05:02:45 GMT 2026

राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ः१५ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफललाई निष्कर्षमा पुर्याउने महत्वपूर्ण कार्यसूची तय गरिएको छ।
कार्यसूचीअनुसार ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका मन्त्रीहरूले सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)