ऐतिहासिक विश्वकप यात्रापछि स्वदेश फर्किएको केप भर्डेको टोलीको भव्य स्वागत
makalukhabar.com · Tue Jul 07 05:21:59 GMT 2026
एजेन्सी । फिफा विश्वकपमा ऐतिहासिक डेब्यु गरेको केप भर्डेको राष्ट्रिय फुटबल टोली ब्लु साक्र्स स्वदेश फर्किएको छ । विश्वकपको मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको टोलीलाई राजधानी प्राइयामा निकै उत्साहका साथ भव्य स्वागत गरिएको छ ।
मात्र ५ लाख भन्दा केही बढी जनसंख्या भएको केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने विश्वकै सबैभन्दा सानो राष्ट्र बनेको छ । टोलीको स्वागतका लागि विमानस्थलदेखि राजधानीका सडकहरूसम्म हजारौँ खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)