चन्द्रागिरि हिल्स ९० लाख रुपैयाँ घाटामा, केबलकार बन्द हुँदा आम्दानी र नाफामा ठूलो असर
barnanmedia.com · Tue Jul 07 05:21:28 GMT 2026

चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ४५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको भए पनि कम्पनीको खुद नाफा ९० लाख रुपैयाँ घाटामा पुगेको छ। गत वर्षको तुलनामा आम्दानी घट्नुका साथै केबलकार सेवा लामो समय अवरुद्ध हुँदा कम्पनीको वित्तीय प्रदर्शन प्रभावित भएको हो।
भदौ महिनामा भएको आन्दोलनका क्रममा केबलकार तथा अन्य संरचनामा क्षति पुगेपछि सेवा करिब तीन महिनासम्म बन्द रहँदा पर्यटक आगमनमा कमी आएको थियो। यसको प्रत्यक्ष असर रिसोर्ट व्यवसायमा पनि परेको देखिन्छ। समीक्षा अवधिमा रिसोर्टको औसत कोठा उपयोग दर ३६ प्रतिशतबाट घटेर २२ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)