काठमाडौँमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव
ratopati.com · Wed Oct 02 12:24:00 UTC 2024

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएका हुन् । उनले २०७६ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठुलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौँका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए । उनले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गरे । उनले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)