इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
nayapatrikadaily.com · Mon Apr 29 04:39:00 UTC 2024

इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले १० हजार तीन मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार नौ सय ४४ मत सहित नेपाली कांग्रेसका उम्मेवार डम्बर बहादुर खड्काले पच्छ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु पाँच जार पाँच सय ९१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार चार सय ४३मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)