रणनीतिमा चाहियो‘कृषिमा महिलाकरण’
annapurnapost.com · Sat Dec 14 07:26:00 GMT 2024

काठमाडौं : कृषि औजार/उपकरण, प्रविधि महिलामैत्री हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन्। जबकि कृषिसँग सम्बन्धित हरेक क्षेत्रमा महिलालाई कृषि कर्जा लिन, मल, बिउबिजन उपलब्धदेखि बजारीकरण र कृषि औजार तथा प्रविधि प्रयोगमा लैंगिक समानता गरिनुपर्छ भन्ने नीतिगत व्यवस्था छ। कृषि विकास रणनीति संशोधनका क्रममा रहेकाले सरकारले समेट्न छुटाएको विषय र यसमा महिलामैत्री कृषि प्रविधिलाई समेट्न सुझाव दिइएको हो।
कृषि विकास रणनीति बनेको १० वर्ष पुग्न लागेको छ। रणनीतिको समीक्षा गरेर संशोधन गर्नेक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय छ। यसैक्रममा उक्त रणनीतिमा लैंगिक कृषिमैत्री हुनुपर्नेबारे दिदीबहिनी संस्थाले हालै आयोजना गरेको नीति संवाद कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले कृषि विकास रणनीति हिजो र आजको सन्दर्भ फरक परेकाले समसामयिक बनाउन अनुरोध गरेकी छन्। हिजो कृषिमा महिलाकरण हुन्छ भनेर नसोच्दा नै अहिले महिलामैत्री प्रविधि नभएको उनको तर्क छ। उनी भन्छिन्, ‘कृषि पूरै महिलाको हातमा पुग्छ भनेर हिजो सोचिएको थिएन। अब समसामयिक संशोधन आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)