बजेट र मौद्रिक नीतिले दिएको 'उधारो आश्वासन': ठूला गफ र दाबीका बीच पनि पुँजी बजारमा किन आएन रौनक ?
arthasansar.com

आम रुपमा धेरै नेपालीले आशा गरे अनुसार अहिले एउटै पार्टी त्यो पनि नयाँ सोचका साथ अघि बढेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । यो सरकारप्रति आम जनाताको आशा र अपेक्षा रहनु पनि अस्वभाविक होइन । सेयर बजारका लगानीकर्ताहरुले पनि अहिलेको सरकाबारट धेरै ठूलो आशा र अपेक्षा गरेका थिए । तर, अवस्था भने त्यस्तो हुन सकेन । यसको परिणाम अहिले नेपाली पुँजी बजारमा परिरहेको छ ।
यो सरकार बनेपछि लगातार रुपमा घटिरहेको सेयर बजारले अहिलेको सरकार प्रति आम लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेको पुष्टि हुन्छ । यो सरकार बन्नु भन्द ठिक एक दिन अघि नेपालको सेयर बजार २९५० विन्दुमा थियो । कारोबार पनि १२ अर्ब ९० करोड माथिको कारोबार भएको थियो । बालेन साहले प्रधानमन्त्रीका रुपमा सफथ खानु भन्दा अघिल्लो दिन नेप्से परिसूचक २९५०.१६ विन्दुमा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)