सिम्रौनगढका प्रशासकीय अधिकृत जयसवाललाई भ्रष्टाचारका पाँच मुद्दामा सफाइ
nayapatrikadaily.com · Mon Apr 29 13:07:00 UTC 2024

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले पाँच मुद्दामा सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा दायर गरेको पाँच वटा मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको हो।
सोमबार यी पाँचै मुद्दा विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासमा परेका थिए। उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै जयसवालसमेतका प्रतिवादीलाई सफाइ दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)