काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दै
Ujyaaloonline.com · Sun Oct 13 01:44:36 UTC 2024

काठमाण्डौ – काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् ।
देशका अरू सबैजसो ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)