सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिनुपर्छ : मन्त्री अधिकारी
baahrakhari.com · Tue Dec 17 16:07:57 GMT 2024

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी वाग्मती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताए । सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केहीको जग्गा बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)