शंकर पोखरेल र रुसी कुटनैतिक अधिकारीबीच भेट
ekagaj.com · Tue Feb 18 01:29:49 GMT 2025

काठमाडौँ- विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर-काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन्।
भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ। दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डाबारे पनि छलफल गरेको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)