प्रिमियम कन्स्ट्रसन केमिकल ब्रान्ड ‘मापिसा’का एडीसीभ उत्पादन नेपाली बजारमा
baahrakhari.com · Thu Feb 05 13:59:00 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय कन्स्ट्रसन केमिकल ब्रान्ड ‘मापिसा’ले नेपाल बजारमा आफ्नो उपस्थिति जनाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको ११औँ संस्करणको नेपाल विल्डकर्न इन्टरनेसनल एक्स्पोमा भारतीय टायल्स एडीभीभ ब्रान्ड मापिसाले औपचारिक रूपमा आफ्ना उत्पादनको बिक्री वितरण सुरु गरेको हो ।
भारतस्थित शिवाज सुन्दरम इन्डष्ट्रिजले उत्पादन गरेको मापिसा ब्रान्डका उत्पादनलाई नेपालका लागि आधिकारिक विक्रेता शुभम इन्टरनेसनलले नेपाली बजारमा भित्र्याएको हो । शुभम इन्टरनेसनलका अनुसार, मापिसा ब्रान्डका गुणस्तरीय घरायसी तथा आवासीय उत्पादनहरू पोलिमर मोडिफाइड एडीभीभ, इपक्सी, ब्लक जोइन्ट मोटार जस्ता उत्पादनहरू अब नेपाली बजारमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछ । त्यसैगरी रेडिमिक्स प्लास्टर, टायल्स क्लिनर, पियू ३६९ एडिसिभ, वाल कभरिङ तथा एसबीआर ल्याटेक्स लिक्वीड पनि उच्च गुणस्तरसहित सुपथ मूल्यमा नेपालभर उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)