महिन्द्राले नेपाली बजारमा ल्यायो बहुप्रतिक्षित गाडी ‘स्कर्पियो–एन’
lokaantar.com · Fri Jul 07 14:15:09 GMT 2023
नेपालको एसयूभी सेग्मेन्टको अग्रणी महिन्द्राले आफ्नो नयाँ प्रस्तुति नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ ।
भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल बजार प्रवेशपछि महिन्द्राले अब नेपाली बजारमा यस आइकोनिक एसयूभीको परिचयको साथ विश्वव्यापी यात्रालाई निरन्तरता दिएको छ । नयाँ स्कर्पियो–एनलाई आकर्षक परिचयात्मक प्रारम्भिमक मूल्य ८१ लाख ५० हजार रुपैयाँबाट लन्च गरिएको छ ।
महिन्द्राले विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ ।
स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो, जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गर्दछ ।
अल–न्यू स्कर्पियो–एन प्रतिष्ठित स्कर्पियो ब्रान्डमा आधारित छ, जुन यसको असाधारण अफ–रोड क्षमताको लागि प्रसिद्ध छ । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको छ ।
कम्पनीको उद्देश्य आनन्ददायक स्वामित्व अनुभवहरू सिर्जना गर्नु तथा प्रामाणिक, कठिन तर परिष्कृत एसयूभीहरूको साथ एसयूभी बजारलाई पुनः परिभाषित गर्नु हो । अल–न्यू स्कर्पियो–एन यस प्रतिबद्धताको प्रमाण हो, जसले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, परिष्कार, सवारी र ह्यान्डलिङ, एनभीएच, इन्टेरियर र उपस्थितिको लागि नयाँ बेन्चमार्क सेट गर्दछ ।
पूर्ण नयाँ स्कर्पियो–एनले छिट्टै नै विश्वव्यापी मान्यता प्राप्त गरिसकेको छ र अटोमोटिभ उद्योगमा उल्लेखनीय सफलता हासिल गरेको छ, सवारीप्रेमीरूलाई आकर्षित गरेको छ र यसले प्रवेश गरेको हरेक बजारमा उपभोक्ताहरूको मन जितेको छ । भारतमा स्कर्पियो–एनले ३० मिनेटभन्दा कम समयमा १,००,००० बुकिङ गरेर ठूलो प्रतिक्रिया पाएको छ ।
त्यसैगरी, दक्षिण अफ्रिकामा पनि स्कर्पियो–एनले आफ्नो विश्वव्यापी आकर्षणको प्रतीकका रुपमा आफ्नो लन्च भएदेखि नै ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)