गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
aarthiknews.com
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार उहाँहरुबिच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो ।
गृहमन्त्री लेखकले आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धन लगायतका चासो राख्नु भएको हो । आफू श्रममन्त्री हुँदा कोरियासँग सम्झौता भएको रोजगार अनुमति प्रणाली ९इपीएस०को राम्रो कार्यान्वय भएको बचाउनु भयो । नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि कोरियाले गरेको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)