आईसीसी विश्वकप लीग-२: नेपाल शृङ्खलाको चौथो खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित

आईसीसी विश्वकप लीग-२: नेपाल शृङ्खलाको चौथो खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित

bbc.com . ३ महीना अघि

रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ र सन्दीप लामिछानेको चोटिलो बलिङको सहयोगमा नेपालले आईसीसी विश्वकप लीग-२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ।

मङ्गलवार भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। नेपालले ४४.१ ओभरमा लक्ष्य प्राप्त गर्दै दुई विकेटले खेल जितेको हो।

नेपाललाई विजय दिलाउन कप्तान पौडलले अविजित ९५ रन बनाए। उनलाई साथ दिएका अर्का खेलाडी करण केसीले ३१ रनको योगदान दिए।

यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो।

अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।

लीग-२ को अङ्कतालिकामा यूएई पाँचौँ स्थानमा छ। उसको २६ खेलबाट २७ अङ्क छ।

सङ्घर्षपूर्ण जित

यसअघि शृङ्खलामा नामिबियालाई दुई खेल र स्कटल्यान्डलाई एउटा खेलमा पराजित गरेको नेपालले मङ्गलवार जितका लागि निकै सङ्घर्ष गर्नुपर्‍यो।

दोस्रो ओभरमा नै नेपालले ओपनर कुशल भुर्तेललाई १ रनको स्थितिमा गुमायो। त्यसपछि पनि विकेट झर्ने क्रम रोकिएन।

'खुकुरीको धारमा नेपाली क्रिकेट'- के एकदिवसीय टोलीको मान्यता जोगिएला

नेपालका लागि आईसीसी विश्वकप क्रिकेट लीग २ महत्त्वपूर्णः कस्ता छन् चुनौती

सातौँ ओभरमा अर्का ओपनर आशिफ शेख १२ रनमा आउट भए भने खेल सम्हाल्न खोजेका ज्ञानेन्द्र मल्ल १०.३ ओभरमा एलबीडब्ल्यूको सिकार भए।

कप्तान रोहित पौडेल मैदानमा राम्ररी डटिरहँदा उनलाई साथ दिन गएका खेलाडीहरू भने एकपछि अर्को गर्दै आउट भइरहे।

उत्कृष्ट प्रदर्शनका लागि उनी 'प्लेयर अफ द म्याच' घोषित भए।

https://twitter.com/CricketNep/status/1628006127958110208

अठारौँ ओभरको अन्तिम बलमा कुशल मल्ल १७ रन जोडेर बोल्ड भए भने अर्को ओभरमा सन्दीप जोरा एक रनमै बाहिरिए।

दीपेन्द्र सिंह ऐरी (७ रन) र सोमपाल कामी (२ रन) पनि खेलमा जम्न सकेनन्।

सन्दीप लामिछाने ३८.१ ओभरमा आउट हुँदा नेपालले आठ विकेट गुमाइसकेको थियो। त्यतिबेला १३८ रनमा सीमित नेपाललाई कप्तान पौडेल र करण केसीले जितको बाटोमा डोहोर्‍याए।

महत्त्वपूर्ण खेल

ओडीआई अर्थात् एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता जोगाउन नेपालका लागि विश्वकप लीग-२ क्रिकेटका शृङ्खलाहरू लागि निकै महत्त्वपूर्ण छन्।

नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणीय शृङ्खलाका चार खेलमध्ये नेपालले यसअघि तीनवटै खेल जितेर महत्त्वपूर्ण ६ अङ्क बटुलिसकेको थियो।

नेपालले यो महिना थप दुईवटा त्रिकोणात्मक शृङ्खलामा अरू आठवटा खेल खेल्नेछ।

नामिबियालाई हराउँदै नेपालको लगातार तेस्रो जित

विश्वकप लीग-२ खेलमा नेपालद्वारा स्कटल्यान्ड पराजित

विशाल लक्ष्य पछ्याउँदै नेपालले हरायो नामिबियालाई

ती खेलमध्ये नेपालले अब कम्तीमा पाँचवटा खेल जिते ओडीआई मान्यता सुरक्षित रहन सक्छ।

नेपालले सन् २०१८ मा ओडीआई राष्ट्रको मान्यता पाएको हो।

यदि ओडीआई मान्यता जोगाउन नसके नेपाली क्रिकेटले आईसीसीबाट पाउने ठूलो सहयोग रकम गुमाउनुका साथै राष्ट्रिय क्रिकेट टोलीको लागि अवसरका अरू ढोकाहरू पनि बन्द हुनेछन्।

स्कटल्यान्डलाई ट्रफी

स्कटल्यान्डले नेपालसँग कीर्तिपुरमा मङ्लवार खेलेको खेलसँगै सन् २०१८-२३ को आईसीसी विश्वकप लीग-२ मा खेल्नुपर्ने कुल ३६ वटा खेल पूरा गरेको छ।

सबै खेलबाट ५० अङ्क बटुल्दै स्कटल्यान्ड अङ्कतालिकामा शीर्ष स्थानमा रहन सफल भई लीग विजेता बनेको छ।

शृङ्खलामा अन्य देशहरूले खेल्नुपर्ने खेल बाँकी छन्। यद्यपि आईसीसीले कीर्तिपुर मैदानमा स्कटल्यान्डलाई च्याम्पियन ट्रफी हस्तान्तरण गरेको छ।

नेपालले अब आठवटा खेल खेल्न बाँकी छ।

आगामी दुई सातामा नेपालले यूएई र नेपालमा बाँकी खेलहरू खेल्नेछ।

नेपालको बलिङ

टस जितेर नेपालले स्कटल्यान्डलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो।

पाहुना टोलीलाई २१२ रनमा समेट्ने क्रममा नेपालका स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएका थिए। करण केसीले पनि तीन विकेट लिए।

स्कटल्यान्डका दुवै प्रारम्भिक ब्याटरलाई लामिछानेको विकेट लिएका थए। करण केसीले तीन विकेट लिए।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा उनले पाँच विकेट हात पारेका थिए। कुशल मल्लले क्रिस्टोफर मक्ब्राइडलाई २२ रनमा एलबीडब्ल्यू आउट गरे।

सन्दीप लामिछाने धरौटीमा छुटेपछि सर्वोच्च अदालतले खोज्यो 'आधार'

बलात्कारको अभियोग लागेका सन्दीप मुद्दा नटुङ्गिदै राष्ट्रिय टोलीमा

नेपालको अर्को विकेट ललितनारायण राजवंशीले लिए। पहिलो खेलमा टोलीमा नपरेका उनलाई गुलशन झाको स्थानमा अन्तिम ११ मा समावेश गरिएको थियो। सोमपाल कामीले कुनै विकेट लिन सकेनन्।

नेपालले स्कटल्यान्डलाई ११ अतिरिक्त रन दिएको थियो।

स्कटल्यान्डका लागि जोर्ज मन्सीले सर्वाधिक ६६ रन बनाएका थिए भने म्याथ्यू क्रसले ४२ रनको योगदान दिए। ब्र्यान्डन मक्म्यूलनले ३१ रन अनि काइल कोट्जर र क्रिस्टोफर मक्ब्राइड दुवैले २२-२२ रन बनाए।

मन्सीले ५० बल खेलेर ६० रन बनाउँदा नौ चौका र दुई छक्का प्रहार गरेका थिए।

लामिछानेले उनलाई १३.५ ओभरमा बोल्ड गरेका थिए। त्यसपछि स्कटल्यान्डको इनिङ्स धरमराउन पुगेको थियो।

त्यसको अर्को बेलामा लामिछानले कप्तान रिची बेरिङ्टनलाई एलबीडब्ल्यूको धरापमा पारे। त्यसअघि लामिछानेले नै ओपनर काइल कोट्जरलाई २२ रनमा एलबीडब्ल्यू आउट गरेका थिए।

स्कटल्यान्डविरुद्धको खेलमा केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोसेढुङ्गा पार गरेका छन्। उनले ३४.५ ओभरमा माइकल लीस्कलाई शून्य रनमा बोल्ड गरेका थिए।

राम्रो लयमा ४२ रन बनाएर खेलिरहेका विकेट किपर ब्याटर म्याथ्यू क्रसलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए।

कप्तान रोहित पौडेलको संयमित ब्याटिङ

नेपालका प्रारम्भिक ब्याटरहरूले राम्रो सुरुवात गर्न सकेनन्। तर कप्तान रोहित पौडेलले संयमित भएर खेल्दै नेपाललाई लज्जास्पद हारबाट जोगाए।

दोस्रो ओभरमै कुशल भुर्तेल एक रनमै आउट भए। त्यसपछि पनि विकेट झर्ने क्रम रोकिएन।

सातौँ ओभरमा अर्का ओपनर आशिफ शेख १२ रनमा आउट भए भने खेल सम्हाल्न खोजेका ज्ञानेन्द्र मल्ल १०.३ ओभरमा एलबीडब्ल्यूको सिकार भए। मल्लले २१ रन बनाए।

कप्तान रोहित पौडेलले मैदानमा राम्ररी डटिरहँदा उनलाई साथ दिइरहेका खेलाडीहरू भने एकपछि अर्को गर्दै आउट भइरहेका थिए।

अठारौँ ओभरको अन्तिम बलमा कुशल मल्ल १७ रन जोडेर बोल्ड भए भने अर्को ओभरमा सन्दीप जोरा (१ रन) बाहिरिए।

फिक्सिङ प्रकरणका कारण सङ्कटमा नेपाली क्रिकेटको छवि

किन दिए नेपाली क्रिकेट टोलीका प्रशिक्षकले राजीनामा

एक बलमा १६ रन, यसरी बन्यो अनौठो कीर्तिमान

बाँकी अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। दीपेन्द्र सिंह ऐरी (७ रन) र सोमपाल कामी (२ रन) ले पनि राम्ररी खेल्न सकेनन्।

सन्दीप लामिछाने ३८.१ ओभरमा आउट हुँदा नेपालको आठ विकेट गुमिसकेको थियो भने स्कोरबोर्डमा १३८ रन मात्र बनेको थियो।

यस्तोमा नेपाललाई जितको बाटोमा लैजान कप्तान रोहित पौडेल र करण केसीले मेहनत गरे।

एघारौँ ओभरभित्र तीन विकेट गुमाउँदा नेपाल ३४ रनको स्थितिमा थियो। नेपालको रन पन्ध्रौँ ओभरमा बल्ल ५० रन पुगेको थियो भने १०० रन पुग्न चौबिसौँ ओभर कुर्नुपर्‍यो। नेपालले ३३.५ ओभरमा १५० रन पुर्‍यायो।

रोहित पौडलले ५४ औँ बलमा आफ्नो अर्धशतक पूरा गरे। त्यसका लागि उनले चारवटा चौका र दुइटा छक्का प्रहार गरे।

पौडेलले चौका प्रहार गर्दै नेपालले पाएको लक्ष्य पूरा गरे। उनले १०१ बल खेल्दै ९५ रन बनाउँदा सात चौका र चार छक्का प्रहार गरे।

करण केसीले ३७ बल खेल्दै ३१ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.