चुनावमा विप्लव नेकपा चुनौती, जिल्ला जिल्लामा अवरोध
lokpath.com · Sun Nov 20 04:50:17 GMT 2022
काठमाडौं । जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।
बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)