जनशक्तिको अभावका वावजुद पनि उत्कृष्ट सेवा प्रदान गर्दै मत्स्य अनुसन्धान केन्द्र, त्रिशुली
halokhabar.com · Sun Aug 27 05:43:00 GMT 2023
×
त्रिसुली, १० भदौं । काठमाडौँबाट ८० किमिको दुरीमा अवस्थित छ मत्स्य अनुसन्धान केन्द्र, त्रिशुली। केन्द्रमा खासगरी प्राविधिक सहयोगी र सहायकको अभाव रहेको छ | २४ जनाको दरबन्दी रहेको यस केन्द्रमा हाल १० जना मात्र कार्यरत रहेका छन् | विस २०२७ सालमा लांगटांग ट्राउट ह्याचरीको नामले स्थापित यस केन्द्रको मुख्य उद्धेश्य चिसो पानीमा हुने स्थानीय वा बाह्य जातिको माछाको नविनतम प्रविधि विकास गर्ने रहेको छ्र। कुल क्षेत्रफल ८ हेक्टर रहेको यस केन्द्रमा अनुसन्धानका गतिविधि भने ५.५ हेक्टरमा छ। यस केन्द्रले विशेषगरि टिलापिया, कमन कार्प, ट्राउट माछा, कोहि कार्प र स्थानीय जातको माछाहरुको प्रजनन, दाना व्यबस्थापनमा काम गरिरहेको छ।
केन्द्रको प्रमुख इश्वोरी सिंह महतोकाअनुसार यस केन्द्रले विभिन्न किसिमका अनुसन्धान गतिविधिहरु संचालन गर्दै आइरहेको छ । ट्राउट माछाको शारिरिक वृद्धि अध्ययन गर्दा अनुबंशिक सुधार गरिएको ट्राउटको वृद्धि दर बढी पाइएको छ। यस्ता किसिमका माछाहरु प्रति दिन ०.०८ ग्राम बढ्ने गरेको महत्तो वताउछन। अनुबंशिक सुधार गरिएको ट्राउट माछाको बाच्ने दर पनि अन्य किसिमका ट्राउटको भन्दा बढी (६१.६ प्रतिशत) रहेको छ।
उत्पादन लागत कम गर्नको लागि दानाको लागि प्रयोग हुने सिद्रा र भटमासलाइ सट्टामा रेशम कीराको प्युपाद्वारा १२.५ प्रतिशत बराबर अनुपातमा प्रतिस्थापन गर्दा समान शारीरिक वृद्धि भएको पाइएको छ। त्यस्तै बर्षा मौसममा धानबालीमा माछापालनको लागि भुराको अत्यधिक माग हुने गरेकाले माछाको बेमौसमी भुरा उत्पादन गरि सेवा प्रदान गरिरहेको छ। त्यस्तै गरि स्थानीय असला माछाको नश्ल दर्ता गर्ने काममा केन्द्र धेरै अघि बढिसकेको छ।
पानीको तापक्रमले कमन कार्प माछाको प्रजनन समय र भुरा उत्पादनमा पार्न सक्ने प्रभाव अध्ययन गर्दा १३ देखि १९ डिग्री से। तापक्रममा पालिएको कमन कार्प माछाको प्रजनन मार्च महिनादेखि अगस्ट महिनासम्म २४.९ डिग्री सेल्सियस पानीको तापक्रम देखि २९.० डिग्रीसम्म गर्न सकिने देखिएको छ। यसबाहेक यस केन्द्रले त्रिशुली नदि क्षेत्रमा पर्ने तीनवटा जिल्ला .रसुवा, नुवाकोट र धादिंग) जिल्लामा जलगुणस्तर, मत्स्य विविधताको अध्ययन गरिरहेको छ। त्रिशुलीमा सर्वेक्षणको क्रममा सकलित माछाका प्रजितिहरुको मत्स्य संग्रहालय स्थापना गरिएको छ। केन्द्रबाट गरिएका अनसन्धानको नातिजबाट किसानहरु लाभान्वित भएको धादिंगका किसान शंकर तामागं बताउछन्।
यस केन्द्रले प्रति वर्ष ५० हजार ट्राउटको भुरा र कमन कार्पको एक लाख ५० हजार भुरा उत्पादन गरि किसानहरुलाई बितरण गर्दै आएको छ। ट्राउट माछाको भुरा नेपालभर नै वितरण हुने गरेको छ भने कमान कार्पको खासगरी बागमती प्रदेशका धादिंग, नुवाकोट र काठमाण्डौ जिल्लामा वितरण हुने गरेको छ। अझ बढी किसानहरु लाभान्वित गर्नको लागि भुरा उत्पादन बढाउन पर्ने र सो कार्यको लागि यस केन्द्र लागिपरेको केन्द्रको प्रमुख इश्वोरी सिंह महतोले बताए। उनी भन्छन्, ‘कर्मचारीको अभावलाइ कम गर्नको लागि इन्टरर्न विद्यार्थी राख्ने गरिएको छ। बिएस्सि र एमएस्सिका थेसिस गर्ने विद्यार्थीलाइ पनि राख्ने गर्छौ।’
त्रिशुली खोला नै पानीको मुख्य श्रोत हो र यस खोलाको बलौटे माटोले गर्दा ट्राउट माछाको भुराहरु मर्ने गरेकोले निकै नै सावधानी अपनाएर काम गर्नुपर्ने प्राविधिक अधिकृत गुन बहादुर गुरुंग बताउछन। ट्राउट माछाको सफल उत्पादन सफा पानीमा हुने भएकाले त्यसै खाले संरचना निर्माणमा, गुणस्तरीय भुरा उत्पादन, कम लागतमा बन्न सक्ने रेस्वे, अनसन्धान पोखरी सुधार जस्ता काममा केन्द्र लागिरहेको छ। विभिन्न तालिम र प्रसिक्षणको माध्यमबाट कर्मचारीलाइ अझै दक्ष बनाउन सकेमा मत्स्य अनुसन्धानबाट थप लाभान्वित हुन सक्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)