कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त
annapurnapost.com · Wed May 12 15:58:00 GMT 2021
सुर्खेत : कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीनजना मन्त्री नियुक्त गरेका छन्। तीन मन्त्री थपिदा दुईजना मन्त्रीले भने राजीनामा दिएका छन्।
राजीनामा दिने र नियुक्त हुने सबै माओवादी केन्द्रका सांसद हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सुर्खेतका विन्दमान विस्ट, सिताकुमारी नेपाली र रुकुमपश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्रीमा नियुक्त भएका छन्। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बुधबार नै राजीनामा दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)