वस्तु आयात गर्न झण्डै एक वर्षलाई पुग्ने विदेशी मुद्रा नेपालसँग
ratopati.com
नेपाललाई झण्डै एक वर्षलाई पुग्ने वस्तु आयातका लागि चाहिने विदेशी मुद्रा सञ्चितीमा रहेको छ । चैत मसान्तसम्म १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
२०७७ असार मसान्तमा यस्तो मुद्राको सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भइ १ खर्ब ८० अर्ब १० करोड पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)