सिन्धुलीगढीमा युद्ध संग्रहालय
annapurnapost.com · Thu Jul 29 08:51:00 GMT 2021
सिन्धुलीगढी : नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालय निर्माण गरिएको छ।
वि.सं. १८२४ मा भएको नेपाल–अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण गरेको हो। नेपालकै प्रथम युद्ध संग्रहालयको बुधबार एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। संग्रहालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी नेपाली सुरता र वीरताको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)