मन्त्री यादवले भनिन्, ‘मेरो अभिव्यक्ति पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या भयो’
annapurnapost.com · Mon Jan 24 12:52:00 GMT 2022
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति कसैप्रति हिंसा र उत्तेजित पार्न नभएको बताएकी छन्। जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘मेरो मन्तव्यलाई लिएर केही भम फैलिएको बुझिन आएकोले सोप्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुख व्यक्त गर्दछु ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)