एन्फा महिला लिगमा कोशी प्रदेशको लगातार तेस्रो जित
annapurnapost.com · Sun Sep 08 11:30:54 UTC 2024
काठमाडौं : राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै कोशी लगातार जित दर्ता गर्न सफल भएको हो।
जितसँगै ९ अंकका साथ कोशी तालिकाको शीर्ष स्थानमा कायमै छ। कोशीलाई जित दिलाउन पुर्णिमा राईले खेलको ३४ र ७१ औं मिनेटमा गोल गरेकी थिइन्। त्यस्तै समीक्षा मगरले खेलको ६६ औं मिनेट र प्रतीक्षा राईले ७४ मिनेटमा कोशीका लागि १-१ गोल गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)