
भारतकी यी आठवर्षे पर्वतारोही विमान उडाउन चाहन्छिन्
आठ वर्षकी सान्भी सूद रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल चढ्ने सबैभन्दा कान्छी महिला पर्वतारोही हुन्। उनी भारतको पन्जाबमा बस्छिन्।
उनी यसअघि सगरमाथाको आधारशिविर पनि पुगेकी थिइन्। उनले अफ्रिकाको किलिमन्जारो र अस्ट्रेलियाको कोजीओस्को पनि चढिसकेकी छन्।
सान्भीको हिमाल चढ्ने इच्छाले कुनै बेला परिवार दुबिधामा परेको उनका बुवा बताउँछन्। तर परिवारले उनलाई सहयोग गर्यो र उनले विभिन्न कीर्तिमान राख्न पाइन्। विमानचालक बन्ने चाहना भएकी उनको पर्वतारोहण यात्रा कसरी सुरु भयो?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: