अफगानिस्तानमा यसवर्ष १६ सय सर्वसाधारणले ज्यान गुमाए, मृतकमध्ये ३२ प्रतिशत बालबालिकाः राष्ट्रसंघ
nepalkhabar.com · Mon Jul 26 13:26:18 GMT 2021
अफगानिस्तानमा यसवर्ष १६ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
यो मृतकको संख्या गतवर्षको भन्दा ४७ प्रतिशतले बढी भएको बताइएको छ। राष्ट्रसंघले अफगानिस्तानमा आमनागरिकको मृतकको संख्या अझै बढ्नसक्ने चेतावनी दिएको छ।
अफगानिस्तानमा गत मे र जुन महिनामा मात्र सन् २००९ मा मृत्यु भएकाभन्दा बढीको ज्यान गएको छ।
अफगानिस्तानबाट अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु स्वदेश फर्कन थालेपछि यतिबेला त्यहाँ हिंसा चरम रुपले बढेको छ।
रिपोर्टअनुसार मृत्यु भएका ६४ प्रतिशत नागरिक विद्रोहीको कारवाहीमा मारिएका छन् भने २५ प्रतिशत सरकारी सेनाको कारवाहीमा मारिएका छन्। यस्तै ११ प्रतिशतले भने दुवै पक्षको गोलाबारीमा ज्यान गुमाएका छन्।
मृत्यु भएकामध्ये ३२ प्रतिशत बालबालिका भएको बताइएको छ। हाल पनि तालिबान र सरकारी सेनाबीच भिडन्त जारी छ। बीबीसी
यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै
- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए
- बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं
- अमेरिकी सेनाले तालिबानविरुद्ध फेरि थाल्यो आक्रमण, अफगान युद्ध अन्त्य नहुने संकेत
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)