नेपाल कोरोना भाइरसः थप १९ सय ४८ जनामा सङ्क्रमण , २८ जनाको मृत्यु
bbc.com · Wed Nov 25 10:34:32 UTC 2020
विगत २४ घण्टामा जनामा नेपालमा १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।
मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६,६३९ जनामा सक्रिय सङ्क्रमण छ।
अक्सफर्ड यूनिभर्सिटीको कोभिड खोपबाट '७०% सुरक्षा'
कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ'
अहिलेसम्म देशभिर १,३८९ सङ्क्रमितको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।
कति जना निको भए?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,१४० जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म कुल दुई लाख ७,९९८ निको भएको सरकारी तथ्याङ्क छ।
'माउथवाश'ले ३० सेकेन्डमा कोरोनाभाइरस मार्न सक्छ
नेपालमा कोभिड-१९ खोप दिन 'अर्बौँ रुपैयाँ आवश्यक', कसले बेहोर्छ खर्च
मङ्गलवार १,७९० जनामा सङ्क्रमण र २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
के हो?
वास्तवमा के हो कोरोनाभाइरस
कसरी जोगिने?
सङ्क्रमण हुनबाट कसरी जोगिने
के हुन्छ?
सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
भिडिओ:
नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
भिडिओ:
फोन यसरी सफा गर्नुपर्छ
के जान्नै पर्छ?
कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)