औपचारिक बुकिङ नखोल्दै समिट रेसिडेन्सीका सबै अपार्टमेन्ट बुकिङ
nepalhomes.com · Mon Sep 20 01:01:17 GMT 2021
ललितपुरको कुपण्डोल हाइटस्थित समिट होटल परिसरमा निर्माण गर्न लागिएको विलासी अपार्टमेन्टको औपचारिक रुपमा बुकिङ खुला नगर्दै सबै अपार्टमेन्ट बुकिङ भइसकेका छन् । बुकिङ सुरु गरेको करीव एक महिनामै अधिकांश अपार्टमेन्ट बुकिङ भइसकेको सञ्चालकहरुले बताएका छन् । बुकिङकर्तामध्ये करीव १० प्रतिशतले एडभान्स रकम बुझाइसकेका छैनन्, अरु सबैले एडभान्स पनि बुझाइसकेको बताइएको छ ।
तीन व्यवसायिक घरानाहरु चौधरी समूह, एनई समूह र समिट समूहले पुरानो होटल भत्काएर पाँचतारे लक्जरी होटलसहितको एलिट क्लास अपार्टमेन्ट निर्माण थालनी गरिसकेका छन् । त्यहाँ १७ तलाको हाइराइज अपार्टमेन्ट बनाउने तयारी भइरहेको छ । तर, अहिले ११ तलासम्म मात्र बुकिङ खुला गरिएको थियो । अझै नगरपालिकाबाट स्वीकृत नभइसकेको हुँदा १२ तलाभन्दा माथि तत्काल बुकिङ खुला नगरेको सञ्चालकहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)