हाम्राकुरा डटकमसहित सात संस्था तथा व्यक्तिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्यो सम्मान तथा पुरस्कृत
hamrakura.com · Wed Sep 15 00:00:00 GMT 2021
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहयोग पुर्याउने सात संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। मन्त्रालयले आज मानव बेचबिखनविरुद्धको १५औँ राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सो कार्यका लागि विभिन्न क्षेत्रबाट योगदान गर्नेलाई पुरस्कृत तथा सम्मानित गरेको हो।
यस वर्ष पुरस्कार प्राप्त गर्नेमा श्रीराम थापा प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँ, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकमा काम गर्ने ज्योति कटुवाल, कुमार यात्रु, इन्डिजिनियस टेलिभिजन काठमाडौँ, माया तामाङ र शक्ति समूह काठमाडौँ रहेका छन्। पुरस्कारको राशि जनही रु २० हजार रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)