खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
nepaltvonline.com · Sat Sep 30 23:29:48 GMT 2023
पर्वत- पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।
जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । बेपत्ता यात्रुको खोजी जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)