अझै सञ्चालनमा आएन विष्णुमती पुल
lokpath.com · Thu Aug 06 08:31:33 UTC 2020
काठमाडौं । निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो ।
विसं २०७१ असारमा पप्पु कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री कम गुणस्तरको पाइएको सडक विभागले जनाएको छ । डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन भनी विसंं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)