महिला फुटबल टोली बन्द प्रशिक्षणमा
farakdhar.com · Mon Jul 26 14:06:52 GMT 2021
भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ । समूह एफमा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारीलाई तीव्रता दिइरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि तयारीलाई तीव्रता दिइरहेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । छनोट चरणको खेल खेल्न लागेको नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)