मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : पूर्व गृहमन्त्रीको अर्याल
arthasansar.com

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने सरकारले सञ्चालनकर्ताले बुझ्नुपर्ने बताएका छन् । गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन् ।
‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसँग सहकार्य गर्नु पर्दछ । आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ’ उनले आज समाजिक सञ्जालमा लेखेका छन् । उनले फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् भन्ने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)