दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत
nepalviews.com · Tue Jul 14 10:44:47 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गरेकी उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उनले प्रस्तुत गरेको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)