होल्डिङ सेन्टरका सुकुम्वासीले राष्ट्रिय मानवअधिकार आयोगमा बुझाए अपिलपत्र
nepalviews.com · Tue Jul 14 11:20:41 GMT 2026

काठमाडौं । काठमाडौंको थापाथली, शान्तिनगर, गैरीगाउँलगायतका क्षेत्रबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारका प्रतिनिधिहरूसहित अधिकारकर्मीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएका छन्।
लामो समयदेखि सुकुम्बासी भूमिहीन समुदायको अधिकारका लागि पैरवी गर्दै आएका दलमर्दन कामीको नेतृत्वमा झवरलाल उराँव, कल्पना थापा, पर्मिला राई , निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझी,सुशीलालगायतको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई अपिलपत्र बुझाउँदै होल्डिङ सेन्टरमा रहेको दयनीय अवस्था, राहत वितरणमा विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास अधिकार र मानवअधिकार संरक्षणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)