इङ्ग्ल्यान्ड–अर्जेन्टिना सेमिफाइनलअघि फेरि विवाद: मेस्सीका ‘मनपर्ने’ रेफ्रीलाई फिफाले जिम्मा दिएपछि पक्षपातको आरोप
nepalviews.com · Tue Jul 14 15:39:11 GMT 2026
काठमाडौं । फिफा विश्वकपको बहुप्रतीक्षित इङ्ग्ल्यान्ड–अर्जेन्टिना सेमिफाइनलअघि रेफ्री नियुक्तिलाई लिएर नयाँ विवाद सुरु भएको छ। फिफाले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीसँग नजिकको सम्बन्ध रहेको भनिएका अमेरिकी रेफ्री इस्माइल एलफाथलाई सेमिफाइनल खेलको जिम्मेवारी दिएपछि अर्जेन्टिनालाई फाइदा पुर्याउने प्रयास भइरहेको आरोप फेरि चर्किएको हो।
बुधबार एटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा एलफाथ मुख्य रेफ्री रहनेछन्। मोरक्कोमा जन्मिएका अमेरिकी रेफ्री एलफाथ यसअघि मेस्सीले अमेरिकाको इन्टर मियामीबाट खेलेका चार खेलमा अफिसिएट गरिसकेका छन्। ती चारै खेलमा मेस्सीको टोली विजयी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)