नाकामा कोरोना त्रास : भन्सार एजेन्टले अपनाए आलोपालो
abhiyandaily.com
वीरगञ्ज । वीरगञ्जमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि नाकामा काम गर्ने भन्सार एजेन्टहरूले पनि आलोपालो प्रणाली अपनाएका छन् । मुख्य नाकामा मानिसको भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने भन्दै भन्सार एजेन्टहरूले आलोपालो गरी काम गर्ने सहमति गरेका हुन् । गाडी चालक, सहचालक र एजेन्टहरूको भीडका कारण संक्रमणको जोखिम बढेको वीरगञ्ज भन्सार एजेन्ट संघका सहसचिव भानु अधिकारीले बताए । भन्सारमा भीडभाड कम हुने गरी काम गर्ने व्यवस्था मिलाइएको सहसचिव अधिकारीले जानकारी दिए ।
‘अत्यावश्यक मालसामान र औद्योगिक कच्चा पदार्थको हकमा यो लागू हुँदैन । त्यसबाहेकका मालसामानको जाँचपासका लागि दिनहुँ भन्सार जानुनपर्ने गरी तालिका मिलाइएको छ,’ उनले आर्थिक अभियानसँग भने । संक्रमण नघटेसम्मका लागि यो व्यवस्था गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)