तरकारीमा भीड (फोटो फिचर)
baahrakhari.com · Mon Apr 06 14:06:00 UTC 2020
काठमाडौं । मुलुक १४ दिनदेखि लकडाउनमा छ । सर्वसाधारण घरभित्रै छन् । बन्द–व्यापार लगभग ठप्पै छ ।
आज लकडाउनको १४औं दिनको साँझ भने काठमाडौंको तरकारी बजारमा उपभोक्ताको भीड लागेको देख्न सकिन्थ्यो । उसो त यहाँ हरेक दिन तरकारी किन्नेको भीड लाग्नुले कोरोना भाइरसको जोखिम पनि उत्तिकै बढेको पाउन सकिन्छ ।
यहाँ तरकारी किन्न आउने उपभोक्ता तथा बेच्ने व्यवसायी पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको यो भीडबाटै देख्न सकिन्छ । हेरौं बाह्रखरीका फोटो पत्रकार
सुनील प्रधान
ले बल्खुमा रहेको तरकारी बजारमा खिचेका केही तस्बिर ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)