प्रहरीलाई नै उजुरी गर्न १११३ नम्बरमा फोन गर्नुस्
nepalnews.com · Thu Aug 06 05:04:19 UTC 2020
प्रहरीको सेवा सम्बन्धी जानकारी लिन तथा तत्काल उजुरी र गुनासो गर्न १११३ मा फोन गर्न सकिने व्यवस्था गरेको छ। यस नम्बरमा सम्पर्क गरी सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी जानकारी लिन, उजुरी गुनासो गर्न सक्ने प्रहरीले जनाएको छ। प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर उचित तवरबाट सम्बोधन गर्ने लक्षले निशुल्क नम्बरको व्यवस्था गरेको जनायो।
प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरवाही एवं आर्थिक अनियमितता तथा गैह्र व्यावसायिक कार्य, सुरक्षासँग सम्बन्धित लगायत उजुरु गर्न सकिने छ। प्रहरीले टोल फ्रि नम्बर १११३, कार्यालय समयभित्र ०१ ४४१००७९, मोबाइल नम्बर ९८५१२९३००० सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)