फुटबल खेलाडीकाे उमेर हद एक वर्ष बढाउने तयारी
Ujyaaloonline.com · Mon Apr 06 01:07:50 UTC 2020
काठमाण्डौ – टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । यसै वर्ष जुलाई महिनामा हुनुपर्ने ओलम्पिक एक वर्षपछि सारिएसँगै सहभागी खेलाडीको उमेर हद पनि एक वर्ष बढाइएको हो ।
ओलम्पिक फुटबलतर्फ २३ वर्षमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाउँछन् । जसमा बढीमा तीन जना खेलाडी २३ वर्षमाथिका राख्न पाउने प्रावधान छ । तर ओलम्पिक खेलकुद एकवर्ष पछि धकेलिएसँगै यो नियममा पनि परिमार्जन गरिने भएको छ । यसको विषयमा टोकियो ओलम्पिक आयोजक कमिटीले उमेर हद बढाउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा सिफारिस पठाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)