दिपकराज गिरीलाई महानायक बनाइदिएपछि…
reportersnepal.com · Tue Jul 07 12:44:20 UTC 2020
काठमाडौ, २३ असार । कलाकारहरुको दोहोरीले अहिले सामाजिक सञ्जाल तातिएको छ । कहिले हास्य कलाकारले त कहिले चलचित्रका कलाकारहरुले एकले अर्कालाई लगाएको आरोप प्रत्यारोपले कलाकारीता प्रति वितृष्णा बढाएको छ । राजेश हमालको ‘महानायक’ पदको विषयमा बोल्दा निर्देशक दीपाश्री निरौला विवादमा तानिएसँगै उनी दर्शकहरुको आलोचना पात्र बनिन् ।
कतिपय दर्शकले त दीपकराज गीरीलाई महानायक बनाउनु पर्ने भन्दै दीपालाई व्यंग पनि गरेका थिए । दीपा तानिएको विवादमा आफुलाई पनि जोडेपछि चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो गल्तीबिना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद । ’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)