४६ वर्षको रेडर्क तोड्दै मुम्बईमा अविरल वर्षा, तीव्र गतिको आँधी आउने गराइयो सचेत
canadanepal.com · Thu Aug 06 07:47:00 UTC 2020
काठमाडौँ। भारतको महाराष्ट्र अविरल वर्षाको चपेटामा परेको छ । बुधवार परेको अविरल वर्षाका कारण महाराष्ट्रको राजधानी मुम्बई डुबानमा परेपछि जनजीवन कष्टकर बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकाअनुसार अविरल वर्षाका कारण मानिसहरु जताततै फसेका छन्।
पछिल्लो १२ घण्टामा, मुम्बई र कोलाबामा भएको अत्याधिक वर्षाले ४६ बर्ष अगाडिको रेकर्ड तोडेको छ। मुम्बईमा भारी वर्षा र आँधीका कारण मुम्बईमा बिहीबार हाइ अलर्ट जारी गरिएको छ। यसैगरी, मुम्बईमा दिउँसो १ बजेर ५१ मिनेटमा सामुद्रिक छाल आउने सक्ने सम्भावना औंल्याउँदै सतर्क रहन भारतीय मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)