एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज
newsofnepal.com · Thu Aug 06 10:17:28 UTC 2020
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको बर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फुल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो ।
प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेबाट आपसी सहमतिमा खारेज गरेका हौं ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)