वीरगन्जमा फेरि थपिए ४३ नयाँ संक्रमित, प्रदेश २ का मन्त्रीसमेत संक्रमित
canadanepal.com · Thu Aug 06 04:42:00 UTC 2020
काठमाडौं । प्रदेश २ कोरोना भाइरसको नयाँ हब बनेको छ । हरेक दिनजसो संक्रमित थपिएको थपियै छन् । बुधबार राति मात्रै ४३ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एकजनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु मदनकुमार उपाध्यायले जानकारी दिएका छन्।
कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी छन् । संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)